Logo
७ जेष्ठ २०८१, सोमबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश प्रमुख नियुक्तिमा सरकारको ‘आलटाल’

काठमाडौं : प्रदेश प्रमुख नियुक्तिमा सरकारले आलटाल गरेको छ । वाम गठबन्धनबाट सरकार लम्ब्याउन खोजेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिमा आलटाल गरेका हुन ।

प्रधानमन्त्रीकै ढिलासुस्तीले निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकको मतपरिणाम सार्वजनिक गर्न नपाएको समाचार स्रोत बताउछ । कानुनअनुसार प्रदेशसभा निर्वाचनको परिणाम ७ दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्ने हुन्छ ।

आयोगले प्रदेशसभा समानुपातिक परिणाम केही दिनअघि नै तयार पारिसकेको छ । मतपरिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने संवैधानिक बाध्यताका कारण आयोगले प्रधानमन्त्रीलाई तत्काल प्रदेश प्रमुख नियुक्ति गर्न पटक–पटक ताकेता गर्दै आएको छ । तर प्रधानमन्त्री देउवा अझै केही दिन ढिलाइ गर्ने पक्ष मनशायमा देखिन्छन् ।

राष्ट्रिय सभा निर्वाचनको मतदातासमेत रहेका प्रदेशसभा सदस्यको नतिजा सार्वजनिक नहुँदा आयोगलाई चुनावी प्रक्रिया अघि बढाउन समस्या परेको छ । सरकारले माघ २४ गते राष्ट्रियसभा निर्वाचन मिति तोकिसकेको छ ।

स्रोतका अनुसार, प्रदेश प्रमुख नियुक्तिमा भइरहेको ढिलाइले राष्ट्रिय सभा निर्वाचन प्रभावित हुने खतरा छ । यसले प्रदेश सरकार गठनमा समेत ढिलाइ हुनेछ । प्रधानमन्त्रीले लामोसमयसम्म अस्थायी मुकाम समेत तोक्न सकेका छैनन् ।

प्रकाशित मिति: Jan 14, 2018

प्रतिक्रिया दिनुहोस्