Logo
७ जेष्ठ २०८१, सोमबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सातै प्रदेशमा राष्ट्रिय सभा चुनावका लागि निर्वाचन कार्यालय स्थापना

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोलेको छ । पुर्वनिर्धारित निर्वाचन कार्यतालिका अनुसार आयोगले शनिबार सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोलेको हो । आयोगले न्याय परिषद्को सचिवालयबाट प्राप्त नामावली अनुसार सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । सरकारले माघ २४ गतेलाई निर्वाचनको मिति घेषणा गरेपछि आयोगले केही दिन पहिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो भने, शुक्रबारसम्म दल दर्ताको समय तोकेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयहरु उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गरिएको आयोगका प्रवक्ता एवं सह–सचिव नवराज ढकालले जानकारी दिए । उनका अनुसार प्रदेश नम्बर १ को मोरङमा, २ को धनुषामा, प्रदेश ३ को ललितपुरमा, प्रदेश ४ को कास्की, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । शुक्रबारसम्म राष्ट्रिय सभा निर्वाचनका लागि २१ दल दर्ता हुन आएका छन् । जसमा प्रतिनिधिसभामा कुनै पनि सिट प्राप्त नगरेका दलहरु पनि दर्ता हुन आएका छन् ।

प्रकाशित मिति: Jan 13, 2018

प्रतिक्रिया दिनुहोस्