Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवकाशमा जान चाहने कर्मचारीले ३० दिन भित्र राजिनामा दिई सक्नु पर्ने

काठमाडौं : शुक्रवार सरकारले गरेका निर्णय अनुसार स्वेच्छिक अवकाशमा जान चाहने कर्मचारीले यही ३० दिन भित्र राजिनामा दिई सक्नु पर्ने भएको छ ।

मन्त्रिपरिषदले गरेको निर्णय अनुसार निम्न प्रावधानहरु तय गरिएको छ :

१) कर्मचारीको उमेर ५० वर्ष पुगेको, सेवा अबधी २० वर्ष भएकाले मात्र राजिनामा दिन पाउने ।
२) २०७४/९/२८ बाट ३० दिन भित्र राजिनामा दिई सक्नु पर्ने ।
३) निजामतीको हकमा २०४९ भन्दा अगाडि नियुक्ति भएकाको लागि ६० वर्ष उमेर पुग्न जति अबधी बाकी छ सो अबधी पुग्नका लागि बढीमा ७ वर्षसम्म सेवा अवधि थप हुन‌े । (५७ वर्ष उमेर पुगेकाकाे हकमा ३ वर्ष सेवा अवधि थप हुने, ५५ वर्ष उमेर पुगेकाकाे ५ वर्ष सेवा थप हुने, ५३ वर्ष उमेर पुगेकाकाे ७ वर्ष थप हुने, ५० वर्ष उमेर पुगेकाकाे पनि ७ वर्ष मात्र सेवा अवधि थप हुने) ,
४) थपिएको थप अबधिको प्रती वर्ष प्रति ग्रेड पनि थप हुने ।
५) अनिवार्य अबकास हुन जति सुकै वर्ष बाकी भए पनि एकमुष्ठ ७ वर्ष वरावरकाे पेन्सन पाउने ।
६) एकमुष्ठ पाउने पेन्सन, विदाकाे रकम तथा अाैषधी उपचारकाे रकममा अनुमानित २.५% कर लाग्ने छ ।

 

प्रकाशित मिति: Jan 13, 2018

प्रतिक्रिया दिनुहोस्