Logo
२७ बैशाख २०८१, बिहीबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल चेम्बर अफ कमर्शले मनायो ६७औं वार्षिकोत्सव

काठमाडौं : नेपाल चेम्बर अफ कमर्शले आफ्नो स्थापनाको ६७औं वार्षिकोत्सवका अवसरमा विभिन्न अवार्ड तथा सम्मान प्रदान गरेको छ । वार्षिकोत्सवका अवसरमा बिहीवार आयोजित कार्यक्रममा चेम्बर तीन अवार्ड वितरण गर्नुका साथै पाँच निर्यातकर्ता र १८ व्यवसायीलाई सम्मान गरेको हो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले अवार्ड तथा व्यवसायी सम्मान गरेका हुन् ।

पर्यटन क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै उपराष्ट्रपति पुनले कार्यक्रममा यो वर्षको वनवारीलाल मेमोरियल अवार्डबाट सुगतरत्न कंसाकारलाई सम्मानित गरे । त्यसैगरी, नेपालको उद्योग वाणिज्य क्षेत्रमा आधा दशकभन्दा लामो समय योगदान गरेको भन्दै चेम्बरले शिवकुमार अग्रवाललाई यो वर्षको इन्द्रभक्त मेमोरियल अवार्डबाट सम्मान गर्योद ।

सम्मानित हुनेमा वर्षका उत्कृष्ट निर्यातकर्तामा मुक्तिनाथ डी कार्गाेका निर्देशक नवीन चित्रकार, हिमालयन आर्ट्स कार्पेटका प्रबन्ध निर्देशक नुर्बु लामा, युनाइटेड कलर्श फेशनका प्रबन्ध निर्देशक मीना महर्जन, एभरेष्ट फेशनका निर्देशक रविना खड्गी र अष्टमङ्गल उद्योगका उर्गेन लामा छन् ।

चेम्बरले पूर्वअध्यक्ष ईश्वरलाल श्रेष्ठको सम्झनामा स्थापना भएको लाइफ टाइम एचिभमेण्ट अवार्ड भने गणेशभक्त साखःलाई प्रदान गरेको छ ।

विभिन्न तीन अवार्ड र वर्षका उत्कृष्ट पाँच निर्यातकर्ता सम्मान गर्नेबाहेक विभिन्न क्षेत्रमा योगदान पुर्याणएका अन्य १८ व्यवसायीलाई पनि सम्मान गरेको छ । यसरी सम्मानित हुने व्यवसायीमा ज्ञानेन्द्ररत्न तुलाधर, मृगेन्द्रमेहर श्रेष्ठ, मनोजबाबु श्रेष्ठ, विश्वराम तिमिला, सन्दीपकुमार अग्रवाल, दीपक मल्होत्रा, सुवासचन्द्र साङ्घाई, सुरेन्द्रकुमार श्रेष्ठ, सपना श्रेष्ठ, दुर्गाप्रसाद मल्ल, सतीशप्रसाद प्रधान, सञ्चित बज्राचार्य र राजेन्द्र मल्ल छन् ।

व्यवसायी सम्मान गरेपछि उपराष्ट्रपति पुनले देशको बढ्दो व्यापारघाटा कम गर्ने गरी काम गर्न निजीक्षेत्रलाई आह्वान गरे । निकासी बलियो भएमात्र अर्थनीति बलियो बन्ने भन्दै उपराष्ट्रपति पुनले सरकारले सकारात्मक वातावरण दिएका बेला व्यवसायीले समृद्धिको सपना साकार पार्ने गरी काम गर्नुपर्ने बताए । ‘निर्यात प्रवर्द्धनका लागि स्वदेशी लगानी पनि बढाउनुपर्ने भएको छ,’ उनले भने ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले छिट्टै चेम्बरलाई सङ्घीय प्रारूपमा लाने तयारी रहेको बताए । चेम्बरले केही दिनभित्रै नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्