Logo
७ जेष्ठ २०८१, सोमबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१६ जना सहिद घाेषणा गर्दै सकियो मन्त्रिपरिषद् बैठक, तर नियुक्त भएनन् प्रदेश प्रमुख

काठमाडौंं : मन्त्रिपरिषद् बैठकले शुक्रबार पनि प्रदेश प्रमुख नियुक्त गर्न सकेन । यसअघि मन्त्रिपरिषद् स्रोतले शुक्रबारकै बैठकबाट प्रदेश प्रमुख नियुक्त हुने जानकारी गराएको थियो । प्रदेश प्रमुख र अस्थायी केन्द्रसम्बन्धी कुनै निर्णय नगरी मन्त्रिपरिषद् बैठक सकिएको छ ।

बैठकले न्यायसेवाको विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गरेको छ।  त्यस्तै, वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक गणना- २०७५ सूचीको आदेश जारी गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै, ८ अर्ब विश्व बैक बाट ऋण स्वीकार गर्ने निर्णयसमेत गरेको छ । कर्मचारी समायोजनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । अस्थायी केन्द्रसम्बन्धी बैठकमा छलफल भए पनि आगामी बैठकबाट निर्णय गरिने संचारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

२०३६ सालना धनकुटाको कुकु छिन्ताङमा तत्कालीन राज्यबाट मारिएका १६ जनालाई सहिद घोषणा गर्ने निर्णय बैठकले गरेको छ। उपरथी गौरब तन्डुललाई रथी बानाउने र युएन फोर्स कमाण्डरमा पठाउने निर्णयसमेत बैठकले गरेको छ । पुनरावेदन समितिको प्रमुखमा हेमराज पन्तलााई नियुक्त गरिएको छ । त्यस्तै, ज्ञानेन्द्रलाल महर्जनलाई सहायक रथीमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्