Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिवको ‘आँशुको अर्थ’ सार्वजनिक

काठमाडौं : गायक शिव परियारको  ‘आँशुको अर्थ’ नयाँ गीत सार्वजनिक भएको छ । गीतको भिडियो शिव परियारकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

एक महिना पहिला यस गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको थियो । उक्त लिरिकल भिडियोलाई युट्युबमा ९ लाख बढी भ्युज मिलेको छ ।

शिवालय एल्बममा समावेश यस गीतमा टंक बुढाथोकीको संगीत र रवि अधिकारीको शब्द समावेश छ । आकाश श्रेष्ठ र स्वस्तिमा खड्का फिचरिङ भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्। भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्