Logo
७ जेष्ठ २०८१, सोमबार
(January 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः सरकार छाड्दै माओवादीका बिना बिभागिय मन्त्री

काठमाडौं : चार महिनादेखि विनाविभागीय मन्त्री रहेका नेकपा (माओवादी केन्द्र) का मन्त्रीले एकमुष्ट राजीनामा दिने भएका छन् । देउवा सरकारमा माओवादी केन्द्रका नौ मन्त्री, सात राज्यमन्त्रीसहित १६ जना मन्त्री छन् । उपप्रधानमन्त्री तथा विनाविभागीय मन्त्री महरा, मन्त्रीहरु गिरिराजमणि पोखरेल,जनार्दन शर्मा, प्रभु शाह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारुले राजीनामा दिँदै छन् । त्यस्तै राज्यमन्त्रीहरुमा मोहम्मद जाकिर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर, वाङदी शेर्पाले पनि देउवा सरकार छाड्ने छन् ।

विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले पार्टीकोतर्फबाट सरकार छोड्ने निर्णय भएको बताए । उनले एकमुष्ट राजीनामा दिने तयारी भइरहेको बताए । उनले पार्टीकोतर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने पार्टीले निर्णय गरेको बताए । बस्नेतले भने, ‘सरकार छाड्ने निर्णय भएको छ, उपप्रधानमन्त्री महराले राजीनामा बुझाउनु हुनेछ ।’ उनले बिहीबार नै राजीनामा बुझाउने कार्यक्रम रहेपनि बिदाका कारण शुक्रबार सर्न सक्ने बताए ।

 

प्रकाशित मिति: Jan 11, 2018

प्रतिक्रिया दिनुहोस्