Logo
७ जेष्ठ २०८१, सोमबार
(January 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘हेलो सरकार ! डा. गोविन्द केसीसँग हामी छौँ’

काठमाडौं : ‘भष्ट न्यायाधीश’को विरोध गर्दै अनशन थालेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतको आदेशमा प्रहरी लगाएर गिरफ्तार गरिएपछि यो कार्यको देशव्यापीरुपमा विरोध भयो ।

सडक र सामाजिक सञ्जालमा विरोधका आवाज छ्याप्छ्याप्ति भए ।  विरोधको आवाज सरकारसम्म पुर्‍याउन सर्वसाधारणले ‘हेलो सरकार !’ को घण्टी पनि बाक्लै बजाए ।

सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’ कार्यक्रममा डा. केसी पक्राउको विरोधमा उल्लेख्य सर्वसाधारणले असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकार कार्यक्रममा फेसबुक र ट्वीटरमार्फत पनि थुप्रैले आक्रोश व्यक्त गरे ।

उनीहरुले बेथिति अन्त्य गर्न गरिएको आन्दोलनमा लागेकालाई किन पक्राउ गरिएको भन्ने प्रश्न गर्दै केसीलाई तुरुन्त रिहा गर्न माग गरेका थिए । नागरिकका अनुसार, सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनशन बसेपछि डा. केसी सोमबार राति पक्राउ परेका थिए ।

पक्राउ परेलगत्तै मंगलबार र बुधबार हेलो सरकारमा थुप्रै गुनासा आए । ‘भ्रष्टाचारको विरोध गरेका डा. गोविन्द केसीलाई पक्राउ गरेर सरकारले लाचारी देखाएको छ, आइ एम विथ डा. केसी’ भन्दै सर्वसाधारणले सामाजिक सञ्जाल र फोनबाट हेलो सरकारसमक्ष गुनासो गरेका हुन् ।

प्रकाशित मिति: Jan 11, 2018

प्रतिक्रिया दिनुहोस्