Logo
२३ बैशाख २०८१, आईतबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सगुनको नयाँ मोबाइल एप : फोटो, टेक्स्टहरु हेरिसकेपछि आफैं डिलिट हुने

काठमाडौं : सोसियल इकमर्स साइट सगुनले एन्डोइड मोबाइल एप सार्वजनिक गरेको छ । सगुनले मंगलबार नयाँ दिल्लीमा मोबइल एप सार्वजनिक गरेको हो । अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले स्मार्ट फोनका पारिखीहरुले लामो समयदेखि प्रतीक्षा गरेको मोबइल एप प्ले स्टोरमार्फत सार्वजनिक गरेको हाे ।

दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोबाइल एप डेभलप गरिएको सगुनका स्थापक गोविन्द गिरीले बताए । उनका अनुसार एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध एपले प्रयोगकर्ताको गोपनियतालाई ध्यान दिएको छ । सगुनको मोबाइल एप सूचनाको गोपनियतामा महत्वपूर्ण फड्को हुने गिरीको दाबी छ । एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरिसकेपछि आफैं डिलिट हुन्छ ।

कुराकानीका क्रममा नजिकका मानिससँग धेरै गोप्य कुराहरु सेयर गरिन्छ । जब सम्बन्धमा अनबन हुन्छ, त्यही कुराकानीलाई स्क्रिन सट बनाएर सामाजिक संजालमा छरपस्ट पार्नेहरु धेरै छन् । यस्ता अविश्वासीहरुलाई प्रमाण संकलन गर्न सगुनले अब दिने छैन । यसमा आफ्नो गोप्य कुरा, फोटोहरु, परिवारका सदस्य, साथी र आफ्नो समुदायका व्यक्तिहरुलाई बाँड्न सकिन्छ । यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट, फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेषता मोबाइल एपमा छ ।

सगुनको मोबाइल एप वेव भर्सनको अर्को रुप हो । मोबाइलमा वेव ब्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप निकै लोकप्रिय हुने विश्वास सगुन टिमको छ । यसको अर्को विशेषता आफ्नो दैनिकीलाई सेड्युलमा राखेर साथीभाइलगायतलाई शेयर गर्न सकिन्छ । कसको आज कुन कार्यक्रम छ भन्ने कुरा यसले जानकारी दिनेछ । यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ ।

आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ। यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ । अल इन वन एप जस्तै छ सगुन । अर्थात् ग्रिटिङ एप, क्यालेन्डर, मुड टकजस्ता फिचर यसमै समाहित भएकाले एउटै पेजबाट धेरै गरी सुविधा पाउन सकिनेछ ।

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्