Logo
७ जेष्ठ २०८१, सोमबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निधिले भने “अनशन हिजोआज फेसन बन्दै गएको छ”

काठमाडौँ : काँग्रेस नेता विमलेन्द्र निधिले डा. गोविन्द केसीको अनसनलाई नानी मैया प्रवृतिसँग तुलना गरेका छन् । निधिले अनशन हिजोआज फेसन बन्दै गएको भन्दै सबै कुरा अनशनबाटै पुरा हुनगसक्ने बताए ।

डा. केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा प्रा डा शशी शर्मालाई पुनःबहाली गराउने सर्वोच्च अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन बसिरहेका छन् ।

उनलाई अदालतको मानहानी गरेको अरोपमा सोमबार त्रिवि शिक्षण अस्पतालबाट नै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । मंगलबार उनले अदालत पुगेर बयान दिएका थिए भने आज उनीको मुद्दाको बहस हुँदैछ ।

निधिले केसीबारे सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “अदालतको अवहेलना र अनशन : दुबै फैशन हुन लागेको छ। नानीमैंयां प्रवृतिको लोकप्रियता बुद्धिविलासकोलागि त रमाईलै होला। तर, व्यवस्थापकीय एवं शासकीय उत्पादनकोलागि कति बुद्धिमत्तापुर्ण हुन्छ ख्वै !!?”
उनले थप लेखेका छन् , “सरकार, संसद र अदालत – तीन वटै (राज्यको अंग) मैले भने अनुसार नै चल्नु पर्छ। I AM THE STATE होईन र यो ? नानीमैयांको पुलिंग अवतार र भक्तहरू….!!”

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्