Logo
७ जेष्ठ २०८१, सोमबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकक उड्नु अघि ओलीले निर्वाचन आयोग, सरकार र डा.केसीप्रति तेर्साए प्रश्न

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका छन् ।बैंकक उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, स्वास्थ्यमा कुनै समस्या छैन । तर, किड्नी ट्रान्सप्लान्ट गरेका मान्छे भएकाले चिकित्सकहरुको सल्लाह अनुसार जान लागेको हुँ ।’

 

केहीले एमाले र माओवादीको पार्टी एकता भाड्ने प्रयास गरेको भन्दै ओलीले त्यो असफल हुने बताए । उनले भने, ‘म फर्किएर आएपछि पार्टी एकताका आवश्यक काम अघि बढ्छ ।’

‘तपाईहरुलाई सम्झना होला, यो देशमा चुनाव भएको थियो,’ ओलीले भने, ‘अहिलेको सरकार चुनावै नभएजस्तो गरी सत्तामा बसिरहेको छ। पहिला राष्ट्रिय सभा अध्यादेश भनेर अड्काइयो, अहिले प्रदेशको राजधानी भनेर सत्ता तन्काउन खोजिएको छ।’

उनले तत्काल सरकार हस्तान्तरण गर्नु पर्नेमा जोड दिए।निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न कानुनी समस्या भएको बताए पनि कुरो अरु नै भएको उनले बताए । ‘सुनिदैँछ निर्वाचन आयोग पनि ‘ब्ल्याकमेलिङ’को सिकार हुँदैछ, त्यो उहाँहरुले जान्ने कुरा हो,’ ओलीले भने ।

उनले प्रधानन्याधीश गोपाल पराजुलीको बर्खास्तगी माग गरेर अनसन बस्दा अदालतको अपहेलना मुद्दा झेलिरहेका डाक्टर गोविन्द केसीलाई पनि यही विषयमा जोडेर ब्यंग्य गरे।

‘कुनै कानुनी अप्ठेरो लाग्या भए गोविन्द केसीलाई सोध्नुभए हुन्छ, केसीजीले धेरै वटा कुरा फटाफट भनिराख्नु भएको छ, के भनेको हो त्यो? अदालतले पनि बुझ्ला, जान्ला, केके भन्या हो,’ ओलीले भने, ‘जे होस् यो प्रक्रिया बिलम्ब गर्न खोजिएको छ।’

ओलीले माओवादीसँगको एकताबारे भने केही बोलेनन्।किड्नी फेरेकाले आफू नियमित रूप परीक्षण गर्न बैंकक जान लागेको ओलीले बताए । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्