Logo
७ जेष्ठ २०८१, सोमबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले र माओवादीले मुख्यमन्त्री र राष्ट्रियसभा उम्मेदवारका लागि तोक्यो मापदण्ड

काठमाडौंं : प्रदेशको मुख्यमन्त्री र राष्ट्रिय सभा उम्मेदवारका लागि एमाले र माओवादीले चार मापदण्डलाई आधार मान्ने भएका छन् । मुख्यमन्त्रीको निर्णय गर्दा प्रदेश सभामा पार्टीले पाएको सिट संख्याका साथै सो प्रदेशका मुख्यमन्त्री दाबेदारको व्यक्तिगत सम्भावना र कार्यक्षमतालाई आधार मान्नुपर्नेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधबार बिहान बसेको बैठकमा ओली र माओवादी अध्यक्ष दाहालले कार्यदल सदस्यलाई चार मापदण्डका आधारमा काम गर्न निर्देशन दिएको एमाले नेता शंकर पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार मुख्यमन्त्री र राष्ट्रिय सभा उम्मेदवार छान्न सो प्रदेशका स्थानीय तहमा पार्टीले जितेको संख्यालाई पहिलो आधार मानिनेछ ।

पोखरेलले कार्यदलले व्यक्तिका बारे निर्णय नगर्ने तर यस्तो गर्दा उपयुक्त हुन्छ भन्ने सुझाव दिने बताए । अध्यक्षद्वयको निर्देशनपछि  कार्यदलले राष्ट्रिय सभाकाे निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारकाे गठन, प्रदेशकाे मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयाेजन समितिमा रिपाेर्ट पेश गर्नेछ।

कार्यदलले भाेलिदेखि नै काम सुरु गरेर छिटाे रिपाेर्ट पेश गर्ने र रिपाेर्टभन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलकाे रिपाेर्टसहित बाँकी जिम्मेवारी स्वत: एकीकृत तहकाे शीर्ष कमिटीमा जाने पनि माओवादी नेता बर्षमान  पुनले जानकारी दिए।

मंगलबार बसेको दुई पार्टीको एकता संयोजन समितिले दुबै पार्टीका ६ नेता सम्मिलित कार्यदल बनाएको थियो ।

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्