दुई वर्षपछि उत्तर र दक्षिण कोरियालीहरु एउटै टेबुलमा
उत्तर कोरिया र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ । पछिल्लो दुई वर्षमा पहिलो पटक दुई कोरियाबीच वार्ता भएको हो । बिभिन्न संचारमाध्यमहरका अनुसार उत्तर र दक्षिण कोरियाको अन्तराष्ट्रिय सीमामा पर्ने पनमुनजोम गाउँको ‘पिस हाउस’मा वार्ता भएको छ ।
यो वार्तामा २०१८ को शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताबारे छलफल हुनेछ । शीतकालीन ओलम्पिक दक्षिण कोरियामा हुँदैछ । वार्तामा दुई देशको सम्वन्ध सुधारबारे पनि कुराकानी हुने दक्षिण कोरियाले बताएको छ ।