Logo
५ जेष्ठ २०८१, शनिबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतमा भ्रष्टाचारको सिन्डिकेट छ, मपनि जेल जान तयार छुः पत्रकार पीटर

काठमाडौं : सर्वाेच्च अदालतले डा गोविन्द केसीविरुद्ध पक्राउ आदेश जारी गरेसँगै वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेष्क डा.नरेन्द्र जंग पिटरले अाफू पनि जेल जान तयार रहेकाे बताएका छन् । न्यायाधीश डम्मबरबहादुर शाहीको एकल इजलासले सोमबार साँझ पक्राउ आदेश जारी गरेपछि सर्वाेच्चकाे निर्णयकाे विरूद्धमा पत्रकार नरेन्द्र पिटरले साे कुरा फेसबुक मार्फत बताएका हुन् ।

पत्रकार पीटरले डा.केसीको सर्वोच्च अादालतमा भएको भ्रष्टाचारविरोधी अान्दोलनमा एक्येवद्धता जाहेर गरेका छन् ।प्रहरीले डा.केसीलाई गिरफ्तार गरेलगत्तै पीटरले सामाजिक संजालामा सर्वोच्च अदालतकै सिन्डिकेटका कारण धेरै मानिसहरुको सार्वजनिक जीवन ध्वस्त भएको बताएका छन् ।

पीटरले लेखेका छन्, ”उहाँले भनेकाे अदालत भ्रस्ट छ, अझ म भन्छु भ्रष्टाचारको सिन्डकेट नै चलेकाे छ । त्यही सिन्डिकेटबाट धेरैकाे सार्वजनिक जीवन ध्वस्त गरिएकाे छ र ठेक्कापट्टामा न्यायको स्वीकृत हुन्छ भने अाम जनमानसको धारणाा छ । डा. केसीले अदालतप्रति उठाएका बिषय गम्भीर छन् ।” पीटरले भरखरै भारतमा कल्लकत्ता हाइकोर्डका चीफ जस्टिस सी एस कर्णन गिरफतार परेर ६ महिनापछि रिहा भएको बताउँदै नेपालमा पनि त्यो गर्न संकेत गरे । उनले केसीलाई गिरफ्तार गर्ने फैसला प्रधानन्‍यायाधीश गोपाल पराजुलीको निजी निर्णाय भन्दै त्यसको विरोध गर्न जरुरी भएको बताए । विरोध गरेको भरमा जेल जानु पर्ने हो भने तयार हुनु पर्ने बताउँदै पत्रकार पीटरले अाफू गिरफ्तारीको लागि तयार भएको घोषणा समेत गरेका छन् ।

उनको पोष्ट जस्ताको त्यस्तै :

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्