Logo
७ जेष्ठ २०८१, सोमबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीसँग एकताका लागि सांगठनिक कार्यदल बनाउने एमाले बैठकको निर्णय

काठमाडौं : नेकपा एमालेले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रियामा छिटो टुंगोमा पुर्याउने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले कार्यदल बनाएर पार्टी एकता प्रक्रियालाई गतिदिन पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णयसमेत गरेको छ । सोमबार बसेको पार्टी स्थायी समिति बैठकले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रियालाई छिटै टुंगोमा पुर्याउने औपचारिक निर्णय गरेको हो ।

पार्टी एकता संयोजन समितिको बैठक बसी पार्टी एकता प्रक्रियालाई छिटो टुंगोमा पुर्याउने निर्णय लिइएको पार्टीका सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।  बैठकमा अध्यक्ष ओलीले आईतबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको भेटवारे बिफ्रिङ गर्दै पार्टी एकता प्रक्रियालाई छिटो टुंगोमा पुर्याउन ढिलाई गर्न नहुने बताए ।

बैठकले चिसो तथा शीतलहरको मारमा परेका देशका विभिन्न भागमा तत्काल राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । त्यसैगरी एमालेले मूल्यवृद्धिको विरुद्धमा आन्दोलन गरिरहेका विद्यार्थी तथा युवा संगठनका नेताहरुलाई प्रहरीले हस्तक्षेप गरी घाइते बनाएकोमा भत्सर्ना गर्दै घाईतेहरुको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्