Logo
५ जेष्ठ २०८१, शनिबार
(January 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ सरकार गठनमा निर्वाचन आयोग र देउवा सरकार बाधक

पोखरा : नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनु पर्नेमा जोड दिए ।

मतपरिणाम सार्वजनिक नगरी अनेकौँ बहानाबाजी गरेर अल्मल्याउने र सरकारले सत्ता लम्बाएर राज्यको ढिकुटीको दुरुपयोग र गलत काम गर्न खोजेकोमा चिन्ता व्यक्त गर्दै सचिव ज्ञवालीले भने, ‘यो सरासर जनमतको अवमूल्यन हो।’ उनले एमाले र माओवादी केन्द्रको पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै अघि बढ्ने बताए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले दुई पार्टीबीचको एकीकरणमा कुनै विवाद नभएको र सौहाद्र्रपूर्ण वातावरणमा पार्टी एकीकरण हुने विश्वास व्यक्त गरे भन्दै राससले समाचार प्रेसित गरेको छ ।

प्रकाशित मिति: Jan 6, 2018

प्रतिक्रिया दिनुहोस्