Logo
१२ आश्विन २०८०, शुक्रबार
(January 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियाको प्रस्ताव स्वीकार

उत्तर कोरिया र दक्षिण कोरियाबिच आउँदो हप्ता उच्चस्तरीय वार्ता हुने भएको छ । आउँदो फेब्रुअरीमा हुने विन्टर ओलम्पिकमा सहभागिताको विषयमा छलफल गर्नका लागि दक्षिण कोरियाले गरेको प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेको हो । वार्ता दुई कोरियाको सीमा क्षेत्र पानामुन्जोममा गर्ने तयारी छ । कोरियाली प्रायद्विपमा तनाव बढ्दै गएका बेला उत्तर र दक्षिण कोरियाबिच हुने उच्चस्तरीय वार्तालाई सम्बन्ध सुधारको मौकाको रुपमा लिइएको छ ।

नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ–उनले आउँदो महिना सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशको सहभागिता रहन सक्ने संकेत गर्नुभएको थियो । त्यसपछि दक्षिण कोरियाले ओलम्पिक सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो ।

उत्तर कोरियाले प्रस्ताव स्वीकार गरेसँगै यहि जनवरी ९ मा दुई कोरियाबिच उच्चस्तरीय वार्ता हुने भएको छ । वार्तामा विन्टर ओलम्पिकमा उत्तर कोरियाली खेलाडीको सहभागिताको विषयले प्राथमिकता पाउने छ । विन्टर ओलम्पिकको सहभागिता कोरियाली नागरिकमा एकताको सन्देश दिने राम्रो अवसर हुन सक्ने उत्तर कोरियाका नेता किमले बताउनुभएको थियो ।

 

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्