Logo
५ जेष्ठ २०८१, शनिबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय निकुन्ज क्षेत्रमा हाइसको ठक्करबाट चिुतवाको मृत्यु

नेपालगन्ज : बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा हाइसको ठक्करबाट चिुतवाको मृत्यु भएको छ । मंगलबार मध्यान्ह १२ बजेतिर नेपालगन्जबाट प्युठान जाँदै गरेको बा ४ ख २९७४ नम्बरको हाइसले बाँके राष्ट्रिय निकुन्जमा पर्ने पूर्वपश्चिम राजमार्गमा ठक्कर दिँदा चितुवाको घटनास्थलमै मृत्यु भएको हो ।

राप्ती सोनारी गाउँपालिका-१ को बाघखोर भन्ने स्थानमा हाइसले चितुवालाई ठक्कर दिएको राष्ट्रिय निकुन्जले बताएको छ । चितुवालाई ठक्कर दिएर फरार भएको हाइससहित चालक प्युठानका ऐमलाल रानालाई अमेलिया प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीले बाँके राष्ट्रिय निकुन्जलाई बुझाइएको निकुन्जका निमित्त प्रमुख लाल भण्डारीले जानकारी दिए ।

चितुवा अन्दाजी तीन वर्षको भएको बताइएको छ । चालकमाथि अनुसन्धान भइरहेकाले वन्यजन्तु तथा राष्ट्रिय निकुन्ज ऐन २०२९ अनुसार कारबाही गरिने बताए । बाख्लो हुस्सु लागेका कारण जनावर बाटोमा क्रस गर्दा तिव्र सवारीको शिकार हुने गरेका छन् । निकुन्जले वन्य जन्तुको क्षेत्रमा सवारी साधान सीमित गतिमा चलाउन अनुरोध समेत गरेको छ ।

 

 

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्