Logo
७ जेष्ठ २०८१, सोमबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस कार्यसम्पादन बैठक : राष्ट्रियसभा निवार्चनको मितिबारे छलफल

काठमाडौं : नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समिति बैठक दिउँसो दुई बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । कार्यसम्पादन समिती बैठकमा राष्ट्रिय सभा निवार्चनको मिति तोक्ने विषयमा छलफल गरिने काँग्रेस नेता बालकृष्ण खाँणले जानकारी गराए ।

राष्ट्रिय सभाका लागि प्रशासनिक कार्यमा जोड दिन सरकारलाई आग्रह गरिने उनले बताए । समानुपातिक तर्फका प्रदेश सभामा सिफारिस सदस्यहरुहरुको नामावली सच्याउने विषयमा छलफल गरिने खाँणले जनाए । नेपाली काँग्रेसले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक नामावलीमा मापदण्ड अनुसार नभएको जनाउँदै आयोगले सच्याउन फिर्ता पठाएको थियो ।  कार्य सम्पादन समितीको बैठकमा निर्वाचनमा पराजयको प्रारम्भिक छलफल गरिने खाँणले बताए ।

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्