Logo
१२ श्रावण २०८१, शनिबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा चुनाव : माघ २५ भित्रै गर्ने सरकारको तयारी

काठमाडौँ : निर्वाचन आयोगले प्रस्ताव गरेको माघ २५ गते भित्रै राष्ट्रिय सभा निर्वाचन गराउन सरकार जुटेको छ ।
सोही मिति भित्रै चुनाव गराउनका निम्ति सरकार जुटेको हो ।

चुनावको मिति घोषणाका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सहमती जुटाउनका निम्ति आफ्नो सक्रियता बढाएका छन् । हिजो मात्रै, प्रधानमन्त्री देउवाले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंँग छलफल गरे ।

एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँंग पनि छुट्टाछुट्टै छलफल गरी बिहीबार सर्वदलीय बैठक राख्ने उनको तयारी छ ।

राजनीतिक सहमति जुटे प्रधानमन्त्री देउवा बिहीबारकै मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख, प्रदेशको अस्थायी राजधानी र राष्ट्रिय सभा निर्वाचन तिथि एकसाथ तोक्ने योजनामा छन् ।

वाम गठबन्धन सत्तामा जान आतुर रहेका बेला राष्ट्रिय सभाको निर्वाचन नै एक महिनाभन्दा ढिलो हुने भएपछि नयाँ सरकार निर्माण फागुनभन्दा यता नहुने भएको देखिन्छ ।

राष्ट्रिय सभा गठनपछि मात्रै प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम आउने आयोगले बताउँदै आएको छ ।

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्