Logo
५ जेष्ठ २०८१, शनिबार
(January 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेससँग मिल्ने की माओवादीमै फर्किनेबारे ल्वाङ होमस्टेमा नयाँ शक्तिको बैठक

पोखरा : चुनावी परिणाम र पार्टीको भावी रणनीतिबारे समीक्षा गर्न नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समीक्षा बैठक आजदेखि सुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा सुरु बैठक तीन दिनसम्म चल्नेछ । बैठकमा केन्द्रीय कार्यकारी तथा आमन्त्रित सदस्य, विज्ञ परिषद् र संरक्षक परिषद्का गरी अढाईसय जतिको सहभागिता रहने पार्टीले जनाएको छ । बैठकमा भाग लिन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलगायत नेताहरु सोमबार ल्वाङ पुगेका थिए।

चुनावी परिणाम र पार्टीको भावी रणनीतिबारे समीक्षा गर्न नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समीक्षा बैठक आजदेखि सुरु भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा सुरु बैठक तीन दिनसम्म चल्नेछ । रणनीतिक रुपमा बैठक भने कांग्रेससँग मिल्ने की माओवादीमै फर्किने भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ । पार्टीले लिएको नीति, हालसम्मको यात्रा, भावी रणनीतिलगायत विषयमा बैठकमा गम्भीर छलफल हुने उक्त पार्टीले जनाएको छ ।

नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले स्थानीय तहदेखि भर्खर सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पार्टीले व्यहोरेको हार र पार्टीले अब लिनुपर्ने रणनीतिका विषयमा छलफल हुने बताए । ‘यीनै दुई बिषयको सेरोफेरोमा रहेर सहभागीबीच खुल्ला छलफल हुनेछ,’ उनले भने । सोमबारसम्म ८० प्रतिशत सहभागी कार्यक्रमस्थलमा आइपुगेको नयाँ शक्ति कास्कीका नेता सौगात पोखरेलले बताए ।

पोखरेलका अनुसार सबैले कुरा राख्ने वातावरण मिलाउन शान्त ठाउँको खोजी गर्दा ल्वाङ उपयुक्त देखिएकाले बैठक यही राखिएको हो । पार्टीका नेताहरुले बैठकले पार्टी किन कमजोर हुँदै गयो ? स्थानीय तहदेखि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आशा गरे भन्दा कम नतीजा किन आयो ? अहिलेकै नीति ठीक कि नयाँमा जानेलगायत विषयमा छलफल भएर एउटा निचोड निस्कने आशा व्यक्त गरेका छन् । बैठकपछि पोखरा घोषणापत्र जारी गर्ने पार्टीले जनाएको छ ।

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्