Logo
७ जेष्ठ २०८१, सोमबार
(January 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकीकरणमा देखिएको गतिरोध फुकाउने माओवादी बैठकमा कसरत

काठमाडौँ : पार्टी एकीकरणमा देखिएको गतिरोध फुकाउने उद्देश्यसहित नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक आज बस्ने भएको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा दिउँसो एक बजे बैठक बस्न लागेको केन्द्रकी प्रवक्ता पम्फा भुषाालले जानकारी दिइन् ।

चुनावपछि र नेकपा एमालेसँगको पार्टी एकीकरणमा ढिलाइ भइरहेका बेला बस्न लागेको माओवादी बैठकलाई चासोसाथ हेरिएको छ । भुसालले पछिल्लो राजनीतिक अवस्था विशेषगरी पार्टी एकतामा भइरहेको ढिलाइ, नयाँ सरकार गठनमा आइरहेको अवरोध लगायत विषयमा गहन छलफल गर्न लागेको बताइन् ।

राष्ट्रपतिले राष्ट्रियसभा गठन सम्बन्धी अध्ययादेश अनुमोदन गरिसक्दा पनि राजनीतिक गाँठो फुक्न नसकेको र त्यो छिट्टै नफुकेमा जटिलता थपिन सक्ने माओवादी आकलन छ । नेकपा एमालेले सरकार गठनसँगसँगै पार्टी एकीकरण हुने बताउँदै आएको छ । विशेषगरी एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्रीका विषयमा यी दुई पार्टीका नेताहरुबीच सहमति हुन सकेको छैन ।

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्