Logo
७ बैशाख २०८१, शुक्रबार
(January 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुस लिँदै गर्दा विद्युत प्राधिकरणका प्रमुख दिनेश थापा पक्राउ

काभ्रे : अख्तियार अनुसन्धान आयोगको टोलीले सोमबार दिउँसो विद्युत प्राधिकरणका प्रमुखलाई नगद २५ हजार घुससहित रङगेहात पक्राउ गरेको छ । काभ्रेको पाँचखालमा रहेको नेपाल विद्युत प्राधिकरण उपशाखामा कार्यरत कार्यालय प्रमुख एंव सुपरभाइजर दिनेश थापालाई आयोगका अनुसन्धान अधिकृत हृदय थापाको नेतृत्वमा आएको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहिसँग नगद २५ हजार घुस लिँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी महेन्द्र प्रसाद मरासिनीले बताए । उनका अनुसार, पाँचखाल १२ का नरबहादुर दनुवारलाई बगृयको मिटर बनाउने भन्दै २५ हजार सँग घुस लिँदा लिदै अख्तियारको टोलीले पक्राउ गरेको हो । उनी पनौति नपा ८ मल्पिका हुन् ।

कार्यालय प्रमुख एंव सुपरभाइजरका रुपमा कार्यरत रहेका थापालाई अख्तियारले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ । उनी विगत दुई वर्षअघिदेखि उक्त शाखामा कार्यरत थिए । उनले सिँचाई मिटर बत्ति, मिटर बक्स राख्ने बेलामा पनि सेवाग्राहीहरुसँग रकम असुल्ने गरेको खुलासा भएको छ ।

प्रकाशित मिति: Jan 1, 2018

प्रतिक्रिया दिनुहोस्