Logo
७ जेष्ठ २०८१, सोमबार
(January 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाम गठबन्धनको सरकार संभव नै छैन : राजपा-फोरम

काठमाडौँ । निकट भविष्यमै बन्नै भनिएको वामगठबन्धनको सरकारमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको सहभागिता नहुने संकेत देखिएको छ । राजपा र फोरमका दोस्रो–तेस्रो तहका नेताहरुले अब बन्ने भनिएको वामगठबन्धनको सरकारमा सहभागी नहुने बताएका हुन् । फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्षमण्डल तथा शीर्ष नेताहरुले वाम गठबन्धनको सरकारमा सहभागी हुने कसरत गरिरहेका बेला यी दुई पार्टीका दोस्रो र तेस्रो तहका नेताहरुले त्यसलाई इन्कार गरेका छन् । यसअघि फोरम अध्यक्ष यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्दै एमाले नेतृत्वको सरकारमा फोरम समेत सहभागी हुने बताएका थिए । त्यस्तै, राजपा नेता राजेन्द्र महतो जनकपुरको एक कार्यक्रममा बोल्दै सविधान संशोधनका लागि वाम गठबन्धनसँग सहकार्य गरेर जानुपर्ने कुरा सार्वजनिक रुपमा प्रकट गरिसकेका छन् ।

राजपा नेता लक्ष्मणलाल कर्णले चर्चामा आए जस्तै बाम गठबन्धनको सरकार संभव नै नरहेको बताए । ‘एक त एमाले माओवादीको सरकार नै बन्दैन’ उनले भने ‘यदि बनि हाल्यो भने राजपा फोरम त्यसमा सामेल हुदैन’ मधेशको मुद्दाको सवालमा एमालेले अझैपनि आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै उनले भने हामि त पुरानै एमालेलाई चिन्ने हो अहिले उस्को धारणा के भएको छ त्यो हामिलाई थाह छैन’ । ‘अब यो देशमा बामगठबन्धन रहदैन’ उनले भने यो गठबन्धन चुनावका लागि मात्र थियो, यसैले सरकार बनाउने होइन । एमालेले चुनावका बेला मधेशीलाई बिभिन्न आश्वासन दिएपनि जवसम्म एमालेले औपचारिक रुपमा बोल्दैन, तबसम्म हामिले एमालेलाई उही सम्प्रादायिक एमालेको रुपमा लिएकाछौं, हामिले उस्को नेतृत्वमा सरकारमा कुनै चाहना राखेका छैनौं’ उनले भने ।

महासचिव मनीषकुमार सुमनले वाम गठबन्धनको सरकारमा कुनै पनि हालतमा राजपा सहभागी नहुने बताए । एमालेलाई अछुत पार्टीको संज्ञा दिँदै सुमनले वाम गठबन्धनको सरकार बन्नु भनेको मुलुकका लागि दुर्भाग्य भएको बताए । वाम गठबन्धन निकै बलियो भए देशमा एक दलिय शासन हावी हुने उनले बताए । चाइना र उत्तर कोरिया जसतो नेपाललाई बनाउन दिनु हुन्न’ उनले भने ‘बाम गठबन्धनको नाममा यहाँ उक दलिय शासन लाधिनेछ’ बाम गठबन्धनको दुईतिहाइ आएको भएर मुलुकमा प्रेस स्वतन्त्रताको हनन हुने, दलीय लोकतन्त्र समाप्त भई एकतान्त्रिक व्यवस्था हुन सक्ने आंशका प्रकट गरे । सुमनले राजपा वाम गठबन्धनको सरकार बन्न नदिन भरमजदुर कोसिस गर्ने बताए । ‘हामी वाम गठबन्धनको सरकार नबनोस भन्नेमा लागेका छौ, सकेसम्म वाम गठबन्धन भत्काउन लाग्छौँ’, उनले भने ।

त्यस्तै, फोरम उपाध्यक्ष लालबाबु राउतले वर्तमान अवस्थामा फोरमले वाम गठबन्धनको सरकारमा सहभागी नहुने बताए । उनले संविधान संशोधनको मुद्दा सम्बोधन नभएसम्म फोरम वाम गठबन्धनको सरकारमा सहभागी नहुने उनले स्पष्ट पारे । ‘संविधान संशोधन मुद्दाको जबसम्म सुनिश्चिता हुदैन, तबसम्म फोरम सरकारमा सहभागी हुँदैन,’ उनले भने । राउतले फोरम र राजपाले अहिले संघीय सरकारमा जान हतार गर्न नहुने पनि तर्क गरेका छन् । राजनीतकि मूल्य मान्यता धितो राखेर वाम नेतृत्वको सरकारमा फोरम–राजपा जानहुने उनको तर्क छ । संविधान मधेसमैत्री बनाउनेसँगमात्र तालमेल हुने जिकिर गर्दै उनले भने यहाँ चलिएको हल्ला अनुसार नै सरकार बन्दैछ जस्तो मलाई लाग्दैन ।

प्रकाशित मिति: Jan 1, 2018

प्रतिक्रिया दिनुहोस्