Logo
७ जेष्ठ २०८१, सोमबार
(January 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समानुपातिक परीणामबारे वाम गठबन्धन र अायोगबीच बिवाद

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा निर्वाचन आयोग जाने भएका छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नभएको विषयलाई लिएर आयोग पदाधिकारी र एमाले नेताहरुबीच जुहारी चलिरहेका बेला यो भेट हुन लागेको हो ।

पूर्वसभामुख सुवास नेम्वाङसहित दुई दलका नेताहरु दिउँसो ३ बजे आयोग पुग्ने कार्यक्रम छ । आयोग पदाधिकारीलाई कसैको दबाबमा नपर्न र समानुपातिकको परीणाम सार्वजनिक गर्न आग्रह गरिने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । आयोगले राष्ट्रियसभा गठन नभएसम्म समानुपातिकको परीणाम सार्वजनिक गर्न नसकिने बताएको छ । तर, एमाले नेताहरुले भने आयोगमाथि शंका गर्न लागेको बताएका छन् ।

प्रकाशित मिति: Jan 1, 2018

प्रतिक्रिया दिनुहोस्