Logo
७ जेष्ठ २०८१, सोमबार
(January 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीडन्त अझ चर्किदै विश्वमा नयाँ युद्धको खतरा : नारायणमान बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्वमा नयाँ युद्धको खतरा बढेको बताएका छन् । नेपाल प्राध्यापक समाजले आइतबार आयोजना गरेको ‘समाजवादी आन्दोलनको विगत र वर्तमान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले संयुक्त राष्ट्र संघले कोरियामाथि झन् कडा नाकाबन्दी लगाएकोमा विरोध गर्दै तेल ढुवानीमा समेत प्रतिबन्ध लगाउनुले युद्धको खतरा बढेको बताए ।

रुसी क्रान्तिका नेता स्तालिन र चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङको जन्म दिवस र क्युवाली स्वतन्त्रता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा बोल्दै बिजुक्छेले इजरायलको राजधानी जेरुसलेम बनाउन भिटो प्रयोग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पका कारण भीडन्त अझ चर्किने बताए । बिजुक्छेले भने, “भारतले हिन्द महासागरसमेत आफ्नो बनाउने षडयन्त्र गरिरहेको छ, पाकिस्तानमा चीनले बन्दरगाह बनाएको छ ।

अफगानिस्तान र पाकिस्तानमा चीनले सडक बनाएको छ । यसबाट भारत दक्षिण एशियामा एक्लिँदै गएको पुष्टि हुन्छ ।” कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले एमाले एक संशोधनवादी पार्टी भएको टिप्पणी गर्दै एमाले नेपाली काँग्रेसकै बाटोमा हिँडेको र प्रतिगामी सरकारमा जाने पार्टी भएकाले क्रान्तिकारी हुन नसक्ने भन्दै आलोचना गरे ।

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्