Logo
५ जेष्ठ २०८१, शनिबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतको कदर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुपर्छ : सापकोटा

भक्तपुर : नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद् अग्नी प्रसाद सापकोटाले प्रतिनिधि र प्रदेशसभामा जनताले दिएको मतको कदर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन् । वाम गठबन्धनका शीर्ष नेता प्रचण्ड र केपी शर्मा ओलीले जनताको इच्छा, आकांक्षा र भावना अनुसार छिटो सरकार निमार्ण र पार्टी एकताको लागि पहल गर्नुपर्ने उनले बताए ।

रफत सञ्चार क्लब भक्तपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘सरकार निमार्णको लागि मार्ग प्रशस्त भइसकाले देउवा जीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । ’ निर्वाचनमा कहिले एमाले कहिले माओवादी केन्द्र ठुलो भएको दृष्टान्त दिँदै उनले साच्चिकै पार्टी एकता चाहाने भो भने सामान्य विषय अल्झिन नहुने धारणा राखे ।

एमाले र माओवादी पार्टी भित्र पार्टी एकतापक्षधर बलियो भएकाले केहि ढिला भएपनि पार्टी एकता हुनेमा उनले कार्यक्रममा विश्वास दिलाए । ‘गठबन्धनका पार्टीका दुई अध्यक्षले कार्यकारी पद लिएर सबैलाई मिलाउँदै अगाडी बढ्नु पर्छ,’ उनले भने । जनताले बाम एकता चाहेर त्यही अनुरुप मत दिएकाले एकताको विकल्प नभएको उनको भनाई छ ।

 

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्