Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिमिक्सि गीत सार्वजनिक : ‘आमैले भन्थे धाराको पानी’..

काठमाडौं : चलचित्र ‘झमकबहादुर’ को रिमिक्सि गीत ‘आमैले भन्थे धाराको पानी’ सार्वजनिक भएको छ । गत शुक्रबार चलचित्रको गीत सार्वजनिक गरिएको हो । ओम सुनार, कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर रहेको गीतको रचना कसुम गजमेरले गरेका हुन भने त्यसलार्इ रन्जित गजमेरले सङ्गीत दिएका थिए ।

हाल भने ओम सुनारले रिमिक्स गरेका छन् । भुवन केसी अभिनित चलचित्र साइनोको गीतमा हाल अनुपम विक्रम शाही लगायतले नृत्य गरेका छन् । झमकबहादुरमा झुपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक र हास्यप्रधान विषयवस्तु रहेको निर्माता मिनकुमार तामाङले बताए । चलचित्र आगामी जेठ ११ गतेदेखि देशभर एकसाथ प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्देशन भोमन कटुवालले गरेका हुन ।

भिडियो :

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्