Logo
३१ बैशाख २०८१, सोमबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोगमा दर्ता रहेका चार राजनीतिक दलबीच एकीकरण

काठमाडौँ :  निर्वाचन आयोगमा दर्ता रहेका चार राजनीतिक दलबीच पार्टी एकता भएको छ । सामाजिक लोकतान्त्रिक पार्टी, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल र नव जनवादी मोर्चाबीच एकीकरण भएको छ ।

सामाजिक लोकतान्त्रिक पार्टीको छैटौँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राई, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष ज्ञानेश्वर राई, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष किरण राई लगायतले पार्टी एकीकरण भएको घोषणा गरिएको हो ।

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्