Logo
३१ बैशाख २०८१, सोमबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् समानुपातिकबाट प्रदेशसभा सदस्य बन्ने पुर्व-संसद

काठमाडौं : १४ निवर्तमान सांसद समानुपातिकबाट प्रदेश सभा सदस्य बन्ने भएका छन् । यसरी प्रदेश सभा सदस्य बन्ने पूर्व संसदहरुमा एमालेबाट उषाकला राई, यशोधा अधिकारी र शान्ति थिङ छन् ।

यस्तै, कांग्रेसबाट, यसअघि मालेबाट सांसद रहेका शिवचन्द्र चौधरी कांग्रेस प्रवेश गरी प्रदेशको सांसद बन्दै छन् । त्यस्तै, पूर्वसांसद सरस्वती चौधरी र प्रमिलादेवी दास पनि छनोट भएका छन् । यसअघि दोस्रो संविधानसभामा मनोनीत २६ भित्र परेकी गीता वाग्ले र अखण्ड नेपाल पार्टीबाट कांग्रेस प्रवेश गरेका पूर्वसांसद कुमार खड्का पनि सांसद बन्दै छन् ।

यस्तै माओवादीको कोटाबाट पूर्वसांसदहरू सीताकुमारी नेपाली, दामाकुमारी शर्मा र विमला केसीलाई प्रदेश सभा सदस्य बनाउँदै छ ।

त्यस्तै, राजपाले समानुपातिकबाट पूर्वसांसदद्वय डिम्पल झा र रामनरेश रायको नाम छनोट गरेर निर्वाचन आयोगमा बुझाएको छ ।

यस्तै,संघीय समाजवादी फोरमबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा एकजना पूर्वसांसदले प्रतिनिधित्व गर्दै छन् । प्रदेश २ मा फोरमले पूर्वसांसद करिमा वेगमलाई सांसद बनाउँदै छ । यसरी दलहरुले पूर्व संसदहरुलाई प्रदेश सभामा व्यवस्थापन गरेको पाइन्छ ।

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्