Logo
२७ बैशाख २०८१, बिहीबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसका पूर्व सांसदहरुको भेला : सम्पत्ति आर्जनमा नेतृत्व लम्केको आरोप

काठमाडौं : नेपाली कांग्रेसका पुर्व सांसदहरुले नेतृत्वमा रहेकाहरुमा पार्टीको वास्तविक चरित्र लोकतान्त्रिक संस्कृतिको कमि र उपभोक्तावादी संस्कृतिको हावी भएको भन्दै चर्को आलोचना गरेका छन् । कांग्रेसका पूर्व सांसदहरुले नेतृत्वमा पुगेकाहरुमा उपभोक्तावादी चरित्र हावी हुदै गएका कारण पार्टीले पराजय भोग्नुपरेको समेत बताएका हुन् ।

सिद्धान्त र आदर्श गौण बन्दै गईरहेका बेला निर्वाचन केन्द्रीत पार्टी रणनिति पनि असफल भएको उनीहरुको टिप्पणी थियो । जनजीविका र जनसुविधाका व्यवहारिक नारा बनाउनुपर्नेमा सैद्धान्तिक नारा मात्रै बनाएकाले जनताले पार्टीको कार्यशैली र नारालाई नै नरुचाएको दाबी पूर्व सांसद होमराज दाहालले गरे ।

अर्का पूर्वसांसद ओमकार प्रसाद श्रेष्ठले सामूहिक नेतृत्व, सामुहिक जिम्मेदारी र सामुहिक निर्णयबाट नै पार्टी भित्र सुधार आउने भन्दै पुर्नजागरण र आमुल परिर्वतनको खाँचो औल्याए । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ १ सय ६५ सिटमा जम्मा २३ सिटमा मात्रै बिजय प्राप्त गरेको छ ।

शनिबार सिंहदरबारमा भेलामा सहभागीले पार्टी भित्र लोकतान्त्रिक संस्कृति भन्दा उपभोक्तावादी संस्कृति हावी भएकाले निर्वाचनमा नराम्रो संग पराजय व्यहोर्नुपरेको बताए । जसरी पनि पद प्राप्ती गर्ने, सत्तामा पुग्ने, सम्पत्ति आर्जन गर्ने र माथि पुगेपछि आफ्नालाई मात्रै स्थापित गर्दै लैजाने चरित्र पार्टीमा स्थापित हुदै गएमा पार्टी नै ध्वस्त हुने भन्दै उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराए । #फाइल तस्विर

 

प्रकाशित मिति: Dec 30, 2017

प्रतिक्रिया दिनुहोस्