Logo
२३ बैशाख २०८१, आईतबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवेकशील साझाबाट समानुपनतिकमा ३ सदस्य सिफारिस

काठमाडौं : राष्ट्रिय पार्टी बन्नबाट चुकेपनि मतका अधारमा छैठौ राजनीतिक दल सावित भएको विवेकशील साझा पार्टीले प्रदेश ३ को समानुपनतिकतर्फ ३ सदस्य सिफारिस गरेको छ । विवेकशील साझाको केन्द्रीय समितिको बैठकले केन्द्रीय संयोजन समिति सदस्य रमेश पौडेलको नेतृत्वमा तीन सदस्य पठाउने निर्णय गरेको हो ।

प्रदेश ३ को समानुपातिकतर्फ १ लाख २४ हजार ४४२ मत पाएको विवेकशील साझाले ३ सिट पाएको छ । पौडेलसँगै शोभा शाक्य र विराजभक्त श्रेष्ठको नाम बिहीबार निर्वाचन आयोगमा पठाइएको प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।प्रदेशसभा सदस्यमा सिफारिस पौडेल पार्टी प्रवक्ता पनि हुन् । शाक्य स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयरमा उम्मेदवार थिइन् ।

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्