Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा सुधार

काठमाडौं : नेपाल न्युरो सर्जन समाजले बेलायतमा उपचार गराइरहनुभएका संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको जनाएको छ।

डा देवकोटाका बारेमा केही सञ्चार माध्यममा विभिन्न खालका समाचार बाहिर आएपछि समाजले आज विज्ञप्ति जारी गरी हाल उहाँको स्वास्थ्य सुधारोन्मुख भए पनि समस्याको अन्तिम निदान भइनसकेको जनाएको हो ।

विभिन्न सञ्चार माध्यममा उहाँका बारेमा भ्रामक, आधारहीन र काल्पनिक कुराहरु बाहिर आएको भन्दै समाजले सबै सञ्चार माध्यमलाई त्यस्ताखाले समाचार सम्प्रेषण नगरिदिन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: Dec 26, 2017

प्रतिक्रिया दिनुहोस्