Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाह गर्ने बहानामा ‘इन्गेजमेन्ट’ गर्दै लाखौँ ठगी

काठमाडौं : काठमाडौं प्रहरीमा एउटा नौलो ठगी घटनाको उजुरी दर्ता भएको छ । सुरुमा प्रहरीलाई विश्वास लागेको थिएन । काठमाडौंमै विवाह गर्ने बहानामा विवाह पूर्व दाइजो ठगी गरेको उजुरी उपर प्रहरीले अनुसन्धान अगाडि बढायो । भारतबाट काठमाडौंमा बिहेका लागि आएकी एक शिक्षित युवती भारतीय ठगको चुंगुलमा परेकी हुन् ।

भारत झारखण्डकी डा. रमा (नाम परिवर्तन) र काठमाडौं सिनामंगलमा बस्ने डा. विशाल प्रतिक मिश्रबीच विवाह गर्ने चाँजोपाजो मिलेपछि काठमाडौंमा भेटेर इन्गेजमेन्ट गर्ने कुरा मिल्यो । दुवै परिवारले र्‍याडिसन होटलमा भव्य पार्टीसहित रमा र विशालको ‘इन्गेजमेन्ट’ गराए ।

‘हाइप्रोफाइल’ की रमा र विशालको इन्गेजमेन्टमा गत वैशाख ३ गते माधवकुमार नेपालसमेत पुगेर बधाई दिएका थिए । दुवै परिवारबीच इन्गेजमेन्ट अगाडि नै रमालाई गहना खरिद गर्ने योजना बन्यो । रमाका परिवारले रिद्धिसिद्धि ज्वयलर्समा गएर सात लाख रुपैंया बराबरका गहना खरिद गरिदिए । बैशाख ३ गते इन्गेजमेन्ट भएपछि विशालका परिवारले असार ४ गते विवाह गर्ने निधो गरे ।

छोरी डाक्टर र डाक्टरसँगै विवाह गरेपछि भविष्य राम्रो हुने देखेपछि रमाका परिवारले विशालका परिवारप्रति कुनै शंकाको दृष्टीकोणले हेरेनन् । रमाका परिवारले सकभर जन्ती झारखण्डमै ल्याउन विशालका परिवारलाई आग्रह गरे । तर मानेनन् । असारमा विवाह गर्ने योजना अनुसार रमाका परिवार काठमाडौं आए । सिनामंगल बस्ने विशालका परिवारको घरको ढोका बन्द थियो । रमाका परिवारले फोन सम्पर्क गर्न खोजे तर सम्पर्क भएन ।

केही समयमै विशाल सम्पर्कमा आए र भने, ‘तपाईंकी छोरीका सबै शैक्षिक प्रमाणपत्र नक्कली रहेछन् ।’ रमाका परिवारले प्रमाणपत्र सक्कली नै रहेको थप प्रमाण पेश गरे । तर, विवाह गर्ने कुरो मिलेन । रमाका परिवारले तबमात्रै थाहापाए विशालका परिवारले ठगी गरेको भनेर । यो घटना महानगरीय प्रहरी परिसर टेकुमा असार ११ गते दर्ता भयो ।

जाहेरी अनुसार गरगहना, लत्ता कपडा र अन्य गरी १५ लाख रुपैंयाबढी विशालका परिवारले ठगी गरेको छ। रमाका परिवारले विशालसँगै उनका बाबु राकेशचन्द्र मिश्र र आमा अनिता मिश्रविरुद्ध जाहेरी हालेका छन् । प्रहरीले विशाललाई पक्राउ गर्ने निधो गर्‍यो । तर पक्राउ अघि नै विशालले उच्च अदालत पाटनमा निषेधाज्ञा जारी गराए । काठमाडौं परिसरले अदालतलाई जफाव फकार्यो तर विशाल अझै पक्राउ परेका छैनन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी रामदत्त जोशीले काठमाडौंमै विवाह गर्ने बहानामा दाइजो ठगी भएको यो नमुना घटना भएको बताए भन्दै अन्पुर्णमा खबर छ । उनले भने,‘ काठमाडौंमा ठगीको बिगबिगी छ । कोही अनजानमा त कोही जानीजानी ठगिएका छन् ।’

प्रकाशित मिति: Dec 26, 2017

प्रतिक्रिया दिनुहोस्