Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कारागारबाट कैदी भागेपछि डिएसपीसहितका प्रहरी कारबाहीमा

काठमाडौं : राजधानीको सुन्धारास्थित केन्द्रीय कारागारबाट मध्यराती कैदी भागेपछि डिएसपी लगायत प्रहरी कारबाहीमा परेका छन् । गत मंसिर ४ गते कैदी पुन्न बहादुर शाही जेलको पर्खाल नाघेर भागेका थिए । हालसम्म उनी पक्राउ परेका छैनन् । घटनाको छानबिनका लागि गृह र महानगरीय प्रहरी कार्यालयले दुई समिति गठन गरेको थियो ।

सुरक्षामा लापरबाही गरेको भन्दै महानगरीय प्रहरी कार्यालयले केन्द्रीय कारागारमा कार्यरत डिएसपी नेत्रबन्धु शर्मासहितका प्रहरीलाई कारबाही गरेको हो । गृह मन्त्रालयलेले कारागार व्यवस्था विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरे तथा महानगरीय प्रहरी कार्यालयले एसएसपी पूर्णचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ । दुवै समितिले आफ्नो प्रतिवेदन बुझाइसकेका छन् ।

महानिर्देशक घिमिरे संयोजकत्वको छानबिन समितिले गत साता गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा केन्द्रीय कारागारको सुरक्षामा तत्काल अपनाउनुपर्नै विषयमाहरुमा सुझाव दिइएको छ । केन्द्रीय कारागारको भद्रजेलमा रहदै आएका शाही रातको करिब साढे १ बजे भागेका थिए । प्रहरीकै ब्यारेकको छत हुँदै उनी दक्षिणतर्फको पर्खाल नाघेर भागेका थिए। भोलीपल्ट उनी नभेटिएपछि अनुसन्धान गर्दा मात्र उनी भागेको खुलेको हो । जर्बजस्तीकरणी मुद्दामा जेल परेका शाही जेलबाट भागेका यो दोस्रो पटक हो । उनी ६ वर्षअघि सुर्खेतको कारागारबाट भागेका थिए । उनीसहित तीन कैदी सुरुङ खनेर भागेका थिए । २८ असार २०६८ मा उनी भागेका थिए । तीन वर्षपछि जुम्लाबाट प्रहरीले पक्राउ गरेको थियो । पछिल्लो समय केन्द्रीय कारागारमा थिए। केन्द्रीय काराबारबाट पनि उनी नाटकीय शैलीमा भाग्न सफल भएका हुन् । एक किशोरीलाई बलत्कार गरेको अभियोगमा २०६५ सालमा उनी पक्राउ परेका हुन् ।

डिएसपीलाई सचेत, तीन प्रहरी निलम्बित
प्रहरीको ब्यारेककै छत हुँदै कैदी भाग्दा पनि केही थाहा नपाउनु चरम लापरबाही भएको भन्दै महानगरीय प्रहरी कार्यालयले त्यतीबेला डिउटीमा रहेका तीन प्रहरीलाई निलम्बन गरेको छ । असई लगायत अन्य केही प्रहरीलाई विभागीय कारवाही गरिएको छ, डिएसपी शर्मालाई पनि स्पष्टिकरण सोधेर सचेत गराइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
आन्तरीक प्रशासन ६ जना नाइकेलाई पनि निलम्बन गरिएको छ। रातको समयमा जेलको मुख्य गेटबाट उनी भाग्नुमा कतिपय कैदीहरुको समेत मिलेमतो हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति: Dec 25, 2017

प्रतिक्रिया दिनुहोस्