Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमाल सागरको कट्टु फुस्किएपछि (भिडियो सहित)

नेपाली सांगेतिक क्षेत्रमा आधुनिक र पप गितका एक सुपरिचित गायकको नाम लिदा हिमाल सागरलाई छुटाउ सकिन्न। २०३७ साल कार्तिक ८ गते झापाको बनयानिमा जन्मिएका हिमाल सागरले २० बर्षको उमेरबाट सांगीतिक यात्रा सुरु गरेका हुन् । पहिलो गितिएल्बम`रिलेशन´ मार्फत पुर्णरुपले नेपाली संगितमा होमीएका सागरले ७ वटा सोलो म्युजिक एल्बम निकालेका छन् भने पछिल्लो समय उनी निकै ब्यस्त गायकका रुपमा पनि चिनिन्छन् ।

पहिलो गित `चन्द्रमाझै मुहार तिम्रो´ गाएका गायक हिमाल सागर `न मैले लेखे, नउनले लेखीन्´ हुँदै `३ ढिके फुलि´ सम्म आईपुग्दा चर्चाको सिखरमा पुगिसकेका छन् ।  आफ्नो कुशल गायिकीका कारण फ्यानहरुको मनमष्तिकामा बस्न सफल हिमाल सागर निकै मिजासिला र रमाइलो स्वभावका छन् ।

पिछिल्लो पटक उनले च्यानल आई.एम.जि बाट प्रत्येक शुक्रबार प्रशारण हुने कार्यक्रम `फन फ्राइडे विथ् प्रास्ना´ मा गायिका प्रास्ना पान्डे संगको अन्तर्वार्ताका क्रममा उनले `आफू ८ कक्षामा पढ्दा पौडि खेल्दै साथीहरुसंग डुम खेल्दा, आफ्नो कट्टु खोलाले बगाई नांगै भएको र राति आठ बजे लङ्गौटि बेरेर घर फर्किनु परेको बाल्यकालको रमाइलो घटना सेयर गरेका छन् । उनले यसै अन्तर्वार्ता मार्फत सामाजिक कार्यमा पनि सक्रिय रहने कुरा सार्वजनिक गरेका छन् ।

भिडियो :

प्रकाशित मिति: Dec 25, 2017

प्रतिक्रिया दिनुहोस्