Logo
३ असार २०८१, आईतबार
(December 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चालू आर्थिक वर्षको बजेट खर्च सन्तोषजनक हुन सकेन

काठमाडौं : बजेट खर्च अझै पनि सन्तोषजनक हुन सकेको छैन् । सरकारले चालू आर्थिक वर्षको ६ महिनामा तीन खर्ब ४० अर्ब १९ करोड खर्च गरेको बताएको छ । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो ।

चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको सरकारी दावी रहेपनि सन्तोषजनक देखिन्न । कूल विनियोजित बजेट १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारमा २६.६ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार चालू खर्च दुई खर्ब ९२ अर्ब ७८ करोड अर्थात् ३६.४४ प्रतिशत खर्च भएको छ । यसैगरी पुँजीगत ३१ अर्ब ९९ करोड अर्थात् ९.५५ प्रतिशत खर्च भएको छ ।

वित्तीय व्यवस्थातर्फ १५ अर्ब ४१ करोड अर्थात् १०.९९ प्रतिशत खर्च भएको छ । सरकारले पूँजीगत खर्च बढाउन सम्बन्धित मन्त्रालयमार्फत आयोजना तथा कार्यालयहरुलाई निर्देशन दिइएको जनाएको छ ।

यता, चालू आवको मंसिर महिनासम्ममा दुई खर्ब ५१ अर्ब १२ करोड ७४ लाख ९७ हजार राजश्व संकलनको लक्ष्य राखिएकामा ९५.५६ प्रतिशत असुली हुनसकेको छ । यो गत आवको यसै अवधिको तुलनामा ११४.९७ ले वृद्धि हो ।

प्रकाशित मिति: Dec 25, 2017

प्रतिक्रिया दिनुहोस्