Logo
१२ श्रावण २०८१, शनिबार
(December 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिलवालको कीर्ते प्रकरणबारे अनुसन्धान भइरहेको छ : नेपाल प्रहरी

काठमाडौँ : नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले पुर्व डिआजी सिलवालको कीर्ते प्रकरणबारे अनुसन्धान भइरहेको बताउँदै अहिले केही पनि भन्न नमिल्ने बताएका छन् । नवराज सिलवालबारे अनुसन्धान भइरहेको छु, उनले भने, ‘म सबै कुरामा अपडेट छैन, अपडेट भएर जवाफ दिन्छु ।’ रिपोर्टस क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने ‘प्रहरीको अनुसंधानबारे यसरी सार्वजनिक सथानमा बोल्न पाइदैन ।’

नेपाल प्रहरीले पूर्वडिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ मा एमालेबाट निर्वाचित सांसद नवराज सिलवालको कीर्ते प्रकरणबारे अनुसन्धान भइरहेको जनाएको हो । सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दार्ता गराएर आइजीपी प्रकाश अर्याल र मुख्य सचिव लोकदर्शन रेग्मीको निर्देशनमा अनुसन्धान अघि बढाइएको छ ।

कीर्तेमा सं‌लग्नलाई कारबाही गर्न आदेश दिएको फैसलाको पूर्ण पाठ पनि सर्वोच्चले सार्वजनिक गरेको छ । जसमा सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न आदेश दिइएको थियो ।

सरकारले जयबहादुर चन्दलाई आइजीपी बनाएपछि तत्कालीन वरिष्ठतामा अगाडि रहेका डीआईजी सिलवालले सर्वोच्च अदालतमा रिट हालेका थिए । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गरी कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको थियो । त्यही आदेश अनुसार शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो ।

तर त्यसबाट पनि असन्तुष्ट सिलवालले पुन: सर्वोच्चको ढोका ढक्ढक्याए । त्यसपछि नयाँ प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार गर्यो । आईजीपी बन्न नपाएपछि एमाले प्रवेश गरेका सिलवाल ललितपुर १ बाट सासंदमा निर्वातित भएका छन् । सासंद पदको सपथ ग्रहण भइनसक्दै उनीविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

प्रकाशित मिति: Dec 24, 2017

प्रतिक्रिया दिनुहोस्