Logo
१२ श्रावण २०८१, शनिबार
(December 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनद्धारा साना गाडीलाई केरुङ प्रवेशमा रोक

धुन्चे : चिनियाँ पक्षले नेपालबाट प्रवेश गर्ने साना सवारी साधनमा रोक लगाएको छ । साना गाडीबाट सुन तस्करी भएको निष्कर्ष निकाल्दै चिनियाँ पक्षले त्यस्ता सवारी साधनलाई चीन प्रवेश रोकेको हो ।  साना फोर ह्विलर तथा मोटरसाइकलमा फल्स बटम बनाएर अवैध सुन नेपाल भित्र्याएका घटना भइरहँदा चिनियाँ पक्षले यो निर्णय लगू गरेको हो । चीनमा कर तिरेर सुनको कारोबाार गर्न छुट छ ।

तर सुन तस्करहरुले चिनियाँ भन्सारमा समेत कर नतिरी सुन नेपाल भित्र्याएका घटना देखिएका छन् । नयाँ नियमअनुसार मोटरसाइकल पनि चीन प्रवेश गर्न पाउने छैनन् । चिनियाँ सीमा सुरक्षा बलको आग्रहमा साना सवारी तथा मोटरसाइकल सञ्चालन रोकिएको टिमुरेस्थित सुरक्ष स्रोतले जनायो। टिमुरेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानको पोष्ट रहेको छ ।

चिनियाँ पक्षले साना गाडी रोके पनि त्यसको जानकारी नेपाली पक्षलाई दिएको छैन । नेपाली साना सवारी साधनलाई चीन प्रवेशमा रोक लगाएपछि रसुवागढीदेखि केरुङ जान चिनियाँ ट्याक्सीको भरपर्नुपर्ने स्थिति पैदा भएको छ । नाकाको चिनियाँ भूभागदेखि ट्याक्सी सेवा सञ्चालनमा छ ।

रसुवागढीदेखि केरुङ जाने बाटो निर्माणको काम भइरहेको भन्दै चिनियाँ पक्षले निश्चित समय तोकेर मात्र कन्टेनर आवत–जावतको अनुमति दिँदै आएको छ । सडक मर्मत गरेर सडक २४ घन्टै सञ्चालन हुन अझै दुई–तीन महिना लाग्ने चिनियाँ पक्षले जनाएको छ । कन्टेनरलाई चीन प्रवेशमा तालिक तोकिएपछि भन्सार यार्डमा कन्टेनर थुप्रिन थालेका छन् ।

प्रकाशित मिति: Dec 24, 2017

प्रतिक्रिया दिनुहोस्