Logo
१२ श्रावण २०८१, शनिबार
(December 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लागूऔषधसहित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर पक्राउ

सुनसरी : धरानस्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । प्रतिष्ठानमा इन्टर्न सकेका डाक्टर क्षितिज श्रेष्ठ पक्राउ परेका हुन् । प्रतिष्ठानमा कार्यरत सुरक्षागार्डले डाक्टर श्रेष्ठ सहित ३ जनालाई शनिवार लागू औषध सहित पक्राउ गरेका हुन् ।

डाक्टर श्रेष्ठसहित ३ जना प्रतिष्ठान परिसरबाटै सुरक्षागार्डले पक्राउ गरेको गरेको प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारले पुष्टि गरेका छन् । उनले भने, ‘मलाई पनि आज (आइतवार) बिहान डाक्टर श्रेष्ठ सहित लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेको खबर आयो । कानून अनुसार उनीमाथि कार्वाही हुनुपर्छ ।’

डाक्टर श्रेष्ठसहित धरान १२–का उज्वल हलवाई र दिनेश श्रेष्ठलाई पक्राउ गरिएको छ । हलवाई प्रतिष्ठानभित्र ब्राउन सुगर पुर्‍याउने र श्रेष्ठले डाक्टरलाई उपलब्ध गराउने गरेको इलाका प्रहरी कार्यालय धरान स्रोतले जनाएको छ ।प्रतिष्ठानका प्रवक्ता डा पशुपति चौधरीले भने होस्टल वार्डेनले छानबिन गरिरहेकोले यथार्थ पत्ता लाग्न बाँकी रहेको बताए । शंका लागेर प्रहरीलाई पनि बोलाएको प्रवक्ता चौधरीको भनाई थियो ।

प्रतिष्ठान हाताभित्र कोही गैरकानुनीरुपमा पक्राउ गरेपनि सुरक्षा जिम्मा पाएको कम्पनीले सिधै प्रहरीमा बुझाउन पाउँदैन ।सेक्युरिटी कम्पनीले पक्राउ गरेर वार्डेनलाई बुझाउनुपर्ने हुन्छ । त्यसैले धेरैजसो यस्ता घटना प्रतिष्ठानभित्र नै गुपचुप रहने गर्छन् । यो घटना भने तत्कालै प्रहरी र पत्रकारहरुसम्म पुगेपछि गुपचुप हुन नपाएको हो । पक्राउ परेका डाक्टर श्रेष्ठलाई म्याद थप नभएकोले प्रहरीले घटनाको विषयमा औपचारिकरुपमा जानकारी गराएको छैन ।

प्रकाशित मिति: Dec 24, 2017

प्रतिक्रिया दिनुहोस्