Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहाडी जिल्लामा प्रदेश राजधानी माग्दै डडेल्धुरामा चक्काजाम

डडेल्धुरा : प्रदेश ७ को राजधानी पहाडी जिल्लामा हुनु पर्ने माग गर्दै शनिबार डडेल्धुरामा चक्काजाम गरेका छन् । पहाडी क्षेत्रको उपयुक्त स्थानमा राजधानी कायम गर्न सरकारलाई दबाब दिने उद्देश्यले संघर्ष सुरु भएको संयोजक प्रकाश बहादुर साउदले जानकारी दिए ।

प्रदेशको समानुपातिक विकासका लागि पहाडमै राजधानी बनाउनु उचित हुने भन्दै डडेल्धुरामा संघर्ष समितिले चक्काजाम गरेको हो । बागबजारको कोणसभामा साउदले सुरक्षाको दृष्टीले पनि तराई राजधानीका लागि उपयुक्त नरहेको जिकिर गरे ।

प्रदेश राजधानीका बिषयमा राजनीतिक दलहरुको धारणा पनि संकलन भइरहेकाले थप दबाबका लागि आन्दोलनमा उत्रनु परेको संघर्ष समितिका एक सदस्यले बताए ।

प्रकाशित मिति: Dec 23, 2017

प्रतिक्रिया दिनुहोस्