Logo
१२ श्रावण २०८१, शनिबार
(December 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लालू यादव दोषी सावित : अदालतको परिसरबाटै गिरफतार

भारत बिहारका पुर्व मुख्यमन्त्री तथा राष्टिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव दोषी सावित भएका छन् । निकै पुरानो मुद्दा ‘चरा घटौला’ बारे फैसला सुनाउदै राची स्थित सीबीआईको विशेष अदालतले लालु यादव दोषी रहेको भन्दै फैसला सुनाएको हो तर सजायको फैसला भने गरेको छैन ।

अदालतले आउदो ३ जनवरीमा उनी विरद्धको सजाय सुनाउने छ । शनिवार दिउसो तिन बजे अदालतले फैसला सुनाउन बितिकै प्रहरीले अदालत परिसरबाटै गिरफतार गरेको छ । एबिपि न्यूजका अनुसार उक्त मुद्दामा रहेका बिभिन्न अभियुक्तहरु मध्ये केहिलाई सफाई दिएका छन् भने लालुसहित अन्य केहिलाई दोषी रहेको फैसला सुनाएको हो ।

लालु यादव यसअघि पनि यसै मुद्दामा जेल गइसकेका छन् तर त्यस विरुद्ध उनी हाइकोर्टमा अपिल गरेका थिए हाइकोर्टले उनलाई तारेखमा रिहा गर्दै मुद्दालाई फेरि चलाएको थियो जसको फैसला शनिवार आएको हो । उनलाई बिरसा मुण्डा जेलमा पठाइएको छ । अदालतले लालूसहित १५ जनालाई दोषी ठहर गरेको छ भने सात जनालाई सफाइ दिएको छ, जसमा पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रा पनि छन् ।

 

सन् १९९१ देखि १९९४ सम्म देवघर राजकोषबाट ८५ लाख भारु भ्रष्टाचार गरेकोमा लालू दोषी ठहर भएका हुन् । यसलाई पशुपालन घोटाला पनि भन्नुपर्छ किनकी यो मामिला चाराको मात्र होइन । पशुपालन विभागका अधिकारी र ठेकेदारले राजनीतिक मिलिभगतमा रकम निकालेका थिए । एकदुई करोडबाट सुरु भएको यो घटाला ९०० करोडसम्म पुगेको थियो ।

प्रकाशित मिति: Dec 23, 2017

प्रतिक्रिया दिनुहोस्