Logo
१२ श्रावण २०८१, शनिबार
(December 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालीकोट घटनाको छानबिन गर्न मन्त्री शाहीको माग 

काठमाडौं : विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले एक जनाको मृत्यु र ६ भन्दा बढी म्यादी प्रहरी घाइते हुनेगरी कालीकोट सदुरमुकाममा शुक्रबार भएको घटनाको छानबिन गर्न माग गरेका छन्।

मन्त्री शाहीले शनिबार विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन्। साथै उनले मृतकको परिवारलाई राहत तथा घाइतेहरुको उपचारको व्यवस्था गर्नसमेत सरकारसमक्ष माग गरेका छन्।

‘यही पुस ७ गते कालिकोट सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद् मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ यो घटना घट्नै नपर्ने घटना हो। यसको कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गर्दछु।’

मन्त्री शाहीले दुःखद् घटना भइसकेकाले अब संयमित भएर अघि बढ्नसमेत सबैलाई आग्रह गरेका छन्।

आफ्नो तलव कटाइएको भन्दै कालिकोटका म्यादी प्रहरी आन्दोलनमा उत्रिएपछि शुक्रबार त्यहाँ प्रहरी र म्यादी प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो।

प्रकाशित मिति: Dec 23, 2017

प्रतिक्रिया दिनुहोस्