Logo
१५ चैत्र २०८०, बिहीबार
(December 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीको सपथपछि मात्रै विवाह गर्छु : शेरधन राई

विराटनगर : एमाले नेता शेरधन राईले प्रदेश नम्बर १ को मुख्यमन्त्रीको सपथ लिएपछि नीति तथा कार्यक्रम घोषणा गर्दै मात्रै विवाह गर्ने बताएका छन् । विराटनगरमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै आफू लहड नभई मुख्यमन्त्रीको पूर्ण तयारी भएपछि प्रदेशसभामा उम्मेदवार बनेको बताउँदै भने, ‘प्रदेशसभाको मुख्यमन्त्रीको सपथ लिएपछि प्रदेश विकासको खाकासहितको कार्यक्रम घोषणा गर्छु अनि मात्र विवाह गर्छु ।’

राईले आफू दुई पटकसम्म सांसदमा विजयी भएको, संविधानसभामा जिम्मेवार समितिको सभापति भई काम गरेकाले पनि मुख्यमन्त्रीको स्वभाविक दाबेदार भएको स्पष्ट गरे । आफूले जनप्रतिनिधि भई काम गर्दा अहिलेसम्म विवादमा नपरेको र छविसमेत स्वच्छ बनाउन सफल भएकाले मुख्यमन्त्रीमा आफू नै योग्य भएको बताउँदै भने, ‘यो पार्टीले निर्णय गर्ने विषय भए पनि म त्यसै प्रदेशसभामा उठेको होइन ।’ राईले आफ्नो व्यक्तित्व हेरेरै जनताले ठूलो अभिमतका साथ विजयी बनाएको पनि दाबी गरे ।

उनले अस्थायी राजधानी सरकारले तोके पनि नाम र त्यसको अन्तिम टुंगो प्रदेशसभाले लगाउने भएकोले अहिले सरकारले जुन ठाउँलाई तोके पनि आफूलाई मान्य हुने बताए । प्रदेश नम्बर १ मा वाम गठबन्धनले नै बहुमतको सरकार बनाउने भएकाले मुख्यमन्त्री पदमा दाबी गरेका र पार्टीमा ठूलो पदमा रहेका व्यक्तित्वको व्यवस्थापन पार्टीकै भएको चर्चा गरे । उनले मुख्यमन्त्रीको विषय पार्टीको स्थायी समितिका जाने र जिम्मेवारी दिने प्राविधिक विषय भएको पनि स्पष्ट गरे ।

प्रकाशित मिति: Dec 23, 2017

प्रतिक्रिया दिनुहोस्