Logo
१२ श्रावण २०८१, शनिबार
(December 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सविधानलाई आत्मसात् गर्दै गतिरोध अन्त्य गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पारित गरिदिन आग्रह गरेका छन् । शीलतनिवास पुगेका कांग्रेस नेताहरुले अध्यादेश रोक्दा हुने राजनीतिक असर र विवादबारे सजग रहन राष्ट्रपतिलाई आग्रह गरेका थिए । जटिलता फुकाउन अध्यादेश प्रमाणिकरण गर्नेमा विश्वस्त आफूहरु विश्वस्त रहेको उनीहरुले बताएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान, ऐनकानून र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेकी छन् । उक्त भेटमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन् । कांग्रेसका केही नेताहरुसहित शीत्तल निवास पुगेका प्रम देउवाले राष्ट्रियसभाको अध्यादेश पारित गरेर अहिलेको जटिलता हटाउन अनुरोध गरेका हुन् ।

भेटका क्रममा राष्ट्रपतिले स‌ंविधानका आधारमा समाधान खोज्न सुझाएकी थिइन् । तर, कांग्रेस नेताहरु भने अध्यादेश प्रमाणिकरण हुनेमा ढुक्क देखिएका छन् । राष्ट्रपतिलाई भेट्न प्रधानन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री यज्ञबहादुर थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र विमलेन्द्र निधिलयात सहभागी थिए ।

राष्ट्रपतिलाई भेटेर फर्किएका कांग्रेस नेता कृष्ण सिटौलाले राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गर्नेमा आफूहरु विश्वस्त रहेको बताए । राष्ट्रपतिसँगको परामर्शपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सिटौलाले पाँच दलको बैठकपछि वाम गठबन्धनका नेताले पनि साझा धारणा बनाउने बताएकाले गतिरोध हट्ने दाबी गरे ।

 

 

प्रकाशित मिति: Dec 22, 2017

प्रतिक्रिया दिनुहोस्