Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको निर्णयविरुद्ध सिटी सफारी चालक प्रदर्शनमा 

इटहरी : मुख्य राजमार्गमा सिटीसफारी चलाउन रोक लगाउने सरकारको निर्णयविरुद्ध विरोधमा उत्रिएका सिटी सफारी चालक र प्रहरीबीच झडप हुँदा इटहरीमा तनाव भएको छ ।

सिटीसफारीका कारण दुर्घटनाको जोखीम बढेको बताउँदै सरकारले मुख्य राजमार्गमा कुदाउन रोक लगाएपछि झापा र मोरङका चालक आन्दोलित भएका छन् ।

आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै सिटी सफारी चालक आक्रोशित भएपछि प्रहरीले केही शेल अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले अश्रुग्यास हानेपछि इटहरीमा तनाव भएको छ ।

सरकारको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका सिटी सफारी चालक र प्रहरीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको हो ।

 

प्रकाशित मिति: Dec 22, 2017

प्रतिक्रिया दिनुहोस्