भगौडा सैनिकको विषयमा दुई देशबीच गोलीबारी
भगौडा सनिकलाई खोज्न सीमा क्षेत्रमा प्रवेश गरेका उत्तर कोरियाली सैनिकमाथि दक्षिण कोरियाली सेनाले चेनावनी स्वरुप गोली प्रहार गरेको छ । यस वर्ष उत्तरबाट भागेर दक्षिण प्रवेश गर्ने उनी चौथो सैनिक बनेका छन् । बिहान करिब ८ बजे उत्तर कोरियाली सैनिक डिमिलिटराइज्ड जोनमा प्रवेश गरेपछि उनलाई खोज्न आएका उत्तर कोरियाली सैनिकमाथि दक्षिणी सेनाले गोलीबारी गरेका हुन् ।
गत नोभेम्बर १३ मा उत्तरबाट भागेर आएका सैनिकमाथि उत्तर कोरियाका सैनिकले गोली प्रहार गरेका थिए । बिहिबारको घटना मध्यपश्चिम सीमा क्षेत्रको चेकप्वाइन्टमा घटेको उत्तर कोरियाली सैनिक प्रवक्ता रोह जाइ चेओनले बताए । भगौडा सैनिकलाई हिरासतमा राखिएको र उनी सुरक्षित रहेको पनि उनले जानकारी दिए ।
करिब १९ वर्ष उमेरका ती सैनिकले साथमा एके ४७ राइफल पनि ल्याएको बताइएको छ । त्यतिबेला गोलीप्रहार नगरिए पनि त्यसपछि उनको खोजीमा सैनिकहरु आएपछि करिब २० राउण्ड गोली प्रहार भएको बिबिसीले उल्लेख गरेको छ ।त्यसको ४० मिनेटपछि उत्तर कोरियाका तर्फबाट पनि गोली प्रहार गरिएको थियो ।