Logo
१८ जेष्ठ २०८१, शुक्रबार
(December 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मधेसी पुत्र २’ को प्रर्दशन स्थगित गरि पुनः सेन्सर गर्न परिपत्र (पत्र-सहित)

काठमाडौं : मधेश आन्दोलनको पृष्ठभुमीमा बनेको भनिएको ‘मधेसी पुत्र २’ नामक चलचित्रलाई सेन्सर बोर्डले प्रर्दशनमा रोक लगाउदै पुनः सेन्सर गर्नुपर्ने जनाएको छ । केन्द्रीय चलचित्र जाँच समितिले निर्माण कम्पनी अनुराग फिल्मस् प्रालीलाई पत्र लेख्दै चलचित्र पुनः सेन्सर गर्नुपर्ने जनाएको हो । निराजन मेहताको निर्देशन गरेको उक्त चलचित्र मधेशी पुत्र को दोस्रो पार्ट हो ।

केन्द्रीय चलचित्र जाँच समितीले बुधबार जारी गरेको पत्रमा भनिएको छ ‘केन्द्रीय चलचित्र जाँच समितीबाट मिति २०७४/०९/०५ मा ‘मधेसी पुत्र २’ को जाँच गरी हेर्दा चलचित्रमा सिनहरु हटाउन भनेको छ । समितिले चलचित्रमा प्रयोग भएका अपाङ्गग सरकार, छक्का, घन्टा जस्ता शब्दहरु मिउट गर्ने, टाउँकोमा गोली लागेको दृश्यहरु ब्रोलर गर्ने र सिके राउत भन्ने पात्रको भुमिका र प्रसंग पूर्णरुपमा हटाएर केन्द्रीय जाँच समितिमा पुनः पठाउने निणर्य गरेको छ ।’

राजविराज, मिर्चैया, जनकपुर, वीरगन्ज, भैरहवा र मुस्ताङमा छायांकन गरिएको चलचित्र निशा घिमिरे, निशा अधिकारी, नीराजन मेहता, अनिलकुमार साह, इन्द्रनारायण साह (साहिल), पशुपति दास, सचेन्द्र सरदार लगायतको अभिनय रहेको छ । चलचित्रमा एनबी महर्जनको द्वन्द्व, रवि कोइरालाको छायांकन छ ।

निर्देशक नीराजनको लेखन समेत रहेको चलचित्र मधेसको राजनीतिक, सामाजिक र सांस्कृतिक घटनाक्रम समेटेर निर्माण भएको हो ।

 

प्रकाशित मिति: Dec 21, 2017

प्रतिक्रिया दिनुहोस्