Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोपी लाउदै महतोले भने मुुस्लिम बिनाको मधेश कल्पना गर्न सकिन्न (फोटो-फिचर)

जनकपुधाम : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मुस्लिम समुदाय बिनाको मधेशको कल्पना गर्न नसकिने बताएका छन् ।  उनले मधेशमा जनसंख्याको हिसाबमा दोस्रो स्थानमा रहेको मुस्लिम समुदायलाई वाईपास गर्न नसक्ने बताए ।

जनकपुरस्थित मदरसा हनफिया बरकातीयामा विहिवार आयोजना गरिएको सम्मान तथा धन्यवाद कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित नेता महतोले यस्तो धारणा राखेका हुन् । मुस्लिम समुदायको जनसंख्याको हिसाबमा राज्यको हरेक निकायमा उपस्थिती नरहेको भन्दै उनले भने,‘ मुलुकको हरेक आन्दोलन तथा परिवर्तनमा मुस्लिम समुदायको उल्लेखनिय भुमिका रहदै आएको छ । तर राज्यले मुस्लिम समुदायलाई सधै विभेद गरेको छ ।’

प्रदेश नम्बर २ मा मधेशवादी गठबन्धनको सरकार बन्ने बताउदै उनले भने,‘ अव मुस्लिमसँग विभेद हुदैन । जनसंख्याको अधारमा मुस्लिम समुदायलाई हरेक निकायमा प्रतिनिधित्व गराइने छ ।’

चुनावबाट आन्दोलनको एक खुडकिला पार भएको भन्दै मधेशी जनताको हक हितका लागि पुनः संघर्ष गर्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा सबै नव निर्वाचित नजप्रतिनिधिहरुलाई मुस्लिम टोपी लगाएर सम्मा गरिएको थियो ।

प्रकाशित मिति: Dec 21, 2017

प्रतिक्रिया दिनुहोस्