Logo
९ जेष्ठ २०८१, बुधबार
(December 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँलेबीच झडप हुँदा ८ जना घाइते, ४ गम्भीर

बाजुरा : बाजुराको गौमूल गाउँपालिका वडा ४ मा बुधबार राती स्थानीयबीच झडप हुँदा आठ जना घाइते भएका छन् । झडपमा तीन राउन्ड गोलीसमेत चलेको थियो । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका चार जना भिके कामी, देवे कामी, मनकामी, रमेश रोकायालाई जिल्ला अस्पताल मार्तडीले नेपालगञ्ज रिफोर गरेकोछ । अन्य चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा गौमूलका भुपाल रोकाया, धिरेन्द्र रोकाया, सुरत रोकाया, गोरख रोकाया, सागर रोकाया, घमण्ड रोकाया, धनगिरी रोकाया, लगायत १७ जनाबिरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झपडमा सामान्य घाइते हुनेमा रमेश रोकाया, बिर्के कामी, अशबहादुर कामी र भिके बिक रहेका छन् । घाइतेका अनुसार, आक्रमणकारीले धारिलो हतियार, ढुङ्गा, लाठी प्रहार गरेकका थिए ।

नरेन्द्र रोकाया सुके रोकायाले सुरुमा भरुवा तीन राउड गोली चलाएको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ । घटनामा संलग्न अन्य स्थानीयवासी फरार प्रहरी नायव उपरिक्षक कृष्ण ओलीले बताए । उनले घटनामा संलग्न सबैलाई छिट्टै कानुनी दायरामा ल्याउने बताए ।

प्रकाशित मिति: Dec 21, 2017

प्रतिक्रिया दिनुहोस्